दाङ –
Advertisement 1
दाङको घोराहीमा लुम्बिनी प्रदेशस्तरीय महिला क्रिकेट खेलाडी छनोट प्रतियोगिता हुने भएको छ । दाङ क्रिकेट संघको आयोजनामा घोराही उप–महानगरपालिका–१७ गुलरियास्थीत क्रिकेट मैदानमा पहिलो पटक लुम्बिनी प्रदेशस्तरीय ‘प्रधानमन्त्री महिला टि–२० क्रिकेट छनोट प्रतियोगिता–२०७९’ हुन थालेको हो ।
प्रतियोगिता पुसको २३ गते शनिबारदेखि २६ गते मंगलबारसम्म हुन थालेको दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजँगैयाले जानकारी दिएका छन् । अध्यक्ष मजगैंयाका अनुसार प्रतियोगिताका दाङ जिल्लासहित बाँके, रुपन्देही र नवलपरासी जिल्लाका महिला खेलाडीहरुको सहभागिता हुने भएको छ ।
Advertisement 2
गुलरियास्थीत क्रिकेट मैदानमा पहिलोपटक हुन थालेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समेत अध्यक्ष मजगैँयाले जानकारी दिएका छन् । प्रतियोगितामा चार जिल्लाबाट १४ जनाको खेलाडी, एक÷एक जना कोच र व्यवस्थापक गरि १६ जनाको टिमले प्रत्येक जिल्लाबाट सहभागीता जनाउने भएका छन् ।
प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिताका लागि हुन थालेको प्रदेशस्तीरय छनोट प्रतियोगितामा प्रदेशका चार जिल्लाका खेलाडीहरु सहभागी हुने भएको नेपाल क्रिकेट संघका लुम्विनी प्रदेश सदस्य एवं छनोट समितिका संयोजक कैलाश रोकामगरले जानकारी दिएका छन् । प्रतियोगितामा ‘प्रदेशस्तरीय प्रधानमन्त्री महिला क्रिकेट छनोट प्रतियोगिताका लागि चार जिल्लाका खेलाडीहरुको सहभागीता हुँदैछ ।
Advertisement 3
प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुले यहि पुसको २९ गतेदेखि इटहरीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्विनी प्रदेशको प्रतिनिधित्व गरेर सहभागी हुने छन् ।
शनिबारदेखि हुने प्रदेशस्तरीय प्रधानमन्त्री महिला क्रिकेट छनोट प्रतियोगिताको तयारी अन्तिम चयरणमा पुगेको दाङ क्रिकेट संघका सचिव सन्जु केसीले जानकारी दिएका छन् । सचिव केसीका अनुसार प्रतियोगिताका लागि पिच निर्माण, ग्राउण्ड सरसफलाईलगायतका सम्पूर्ण कार्यहरु अन्तिम चरणमा पुगेको बताए ।
प्रधानमन्त्री महिला क्रिकेट प्रतियोगिताको उद्घाटन खेल दाङ र बाँके जिल्लाका महिला टिमकाबीच हुने भएको छ । प्रतियोगिताको उद्घाटन खेल शनिबार बिहान ९ बजे हुने भएको आयोजक दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैंयाले जानकारी दिएका छन् ।
उनका अनुसार २३ गते दोश्रो खेल रुपन्देही र नवलपरासीविच हुने भएको छ । २४ गते पहिलो गेम दाङ र नवलपरासी तथा दोश्रो खेल रुपन्देही र बाँके जिल्लाविच हुने भएको छ । त्यसैगरी २५ गते पहिलो खेल रुपन्देही र दाङ र दोश्रो खेल बाँके र नवलपरासीविच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा टप स्कोर ल्याउने दुई टिमविच २६ गते फाइनल खेल हुने भएको छ ।






प्रतिक्रिया दिनुहोस्