२०८२ मंसिर २२, आईतवार २१:११ गते
नेपाली समय

नेपालमा चरा गणना सुरु

२०७९ पुष २३ गते, शनिबार समय: १९:१३ मिनेट

काठमाडौं –

Advertisement 1


नेपालमा राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा शनिबारदेखि चरा गणना सुरु गरेको छ । पूर्वी चितवनमा वर्ड एजुकेशन सोसाइटी सौराहाको नेतृत्वमा र पश्चिम चितवनमा वर्ड एजुकेशन सोसाइटी मेघौलीको नेतृत्वमा चरा गणना सुरु भएको हो ।


चरा गणनाका राष्ट्रिय संयोजक डा. हेमसागर बरालका अनुसार हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो । चरा गणनामा ३ सय ५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको उनले बताए ।

Advertisement 2


पश्चिम सेक्टर अन्तर्गत लोथर पुलदेखि कसरा पुलसम्म चराको गणना हुनेछ । जसमा चराको मुख्य बासस्थान रहेको ढुङ्ग्री खोला, बूढीराप्ती खोला, लामी ताल, तमोर ताल, बरुण ताल, बिसहजारी ताल र राइनो तालमा चराको गणना गरिनेछ ।


यस्तै चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा छुट्टै समूहमार्फत चरा गणना गरिनेछ । नेपालमा पछिल्लो तथ्यांअनुसार आठ सय ९२ प्रजातिका चरा छन् । जसमा दुई सय चरा पानीमा आश्रित छन् । चितवनमा मात्रै छ सय ५२ प्रजातिका चरा छन् ।

Advertisement 3


चराको गुणस्तर बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेती बालीमा बढ्दो विषादीको प्रयोग र मानवीय क्रियाकलापले चराको सङख्या बर्सेनि घट्दै गएको डा. हेमसागर बरालले बताए ।

सम्बन्धित समाचार