२०८२ कार्तिक २७, बुधबार १६:०५ गते
नेपाली समय

सदस्यता शुद्धिकरण गर्ने समय आएको छ – केन्द्रीय अध्यक्ष पोखरेल

२०७९ पुष २३ गते, शनिबार समय: १९:४८ मिनेट

बाँके –

Advertisement 1


शनिबार नेपालगन्ज आयोजिक नेपाल पत्रकार महासंघ बाँके शाखाको १३औ सधाराण सभामा केन्द्रीय अध्यक्ष विपुल पोखरेलले नेपाल पत्रकार महासंघमा सदस्यता शुद्धिकरणको निर्णय लिनुपर्ने समय आएको बताएका छन् । उनले महासंघ पनि सदस्यता शुद्धिकरणको विषयलाई गम्भिररुपमा लिएको बताउँदै सदस्यता शुद्धिकरणको अभियान सबै जिल्लाले सुरु गर्नु पर्ने बताए ।


उनले भने, ‘शुद्धिकरणमा निर्मम निर्णय लिएर अघि बढ्न शाखालाई निर्देशन दिन चाहान्छु । बाँके शाखाले विधान हेरेर दृढ इच्छाशक्तिका साथ निर्णय लिन मेरो निर्देशन छ ।’

Advertisement 2


पोखरेलले सदस्यता प्राप्ति र नविकरणको अधिकार विधानले शाखाहरुलाई नै दिएको बताउँदै आवश्यक परे दृढ निर्णय लिएर शुद्धिकरणका लागि अघि बढ्नु पर्ने बताए । ‘पत्रकारहरुले विश्वसनियता अभिवृद्धि गर्नेगरी काम गर्न जरुरी छ,’ पोखरेलले भने, ‘आलोचनात्मक चेतसहितको जिम्मेवार र जवाफदेहीपूर्ण पत्रकारिताले मात्र समाजलाई सही दिशा निर्देश गर्न सक्छ ।’
अर्को पंशगमा अध्यक्ष पोखरेलले राज्य सरकारले पत्रकारिता जगत वा भन्ने काम नगरेको बताए । उनले विगतको समयमा पनि संघीय लोकतान्त्रि प्रणाली ल्याउन पत्रकारहरुले समाचारमात्र नभएर सडकमा नै उत्रिएको बताए ।


कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी नरेन्द्रजंग पिटर, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसी, बाँके प्रहरी प्रमुख सन्तोषसिंह राठौर, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव शिव सुनार, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रगतिशील पत्रकार संघका अध्यक्ष तिलक गाउँले, पुरस्कार छनौट समितिका संयोजक एवम् पत्रकार महासंघ बाँके शाखाका पूर्व अध्यक्ष हेमन्त कर्माचार्य लगायतले बोलेका थिए ।

सम्बन्धित समाचार