२०८२ मंसिर २२, आईतवार ००:११ गते
नेपाली समय

पाठेघर क्यान्सर परीक्षण गरी लायन्सले सुरु गर्यो मेल्बिनको जन्मोत्सव

२०७९ पुष २३ गते, शनिबार समय: २०:०६ मिनेट

बाँके –

Advertisement 1


शनिबार (आज) लायन्सका संस्थापक मेल्बिन जोन्सको १ सय ४४आंै जन्मोत्सवको अवसरमा नेपालगन्ज उप–महानगरपालिका – २२, पुरैनीमा पाठेघरको मुखको क्यान्सर परीक्षण गरी सुभारम्भ गरिएको छ । साप्ताहिक कार्यक्रमअन्तर्गत लायन्स क्लब अफ नेपालगन्ज भेरीले आयोजना गरेको परीक्षणमा पुरैनीका ७६ जना महिलाले सेवा लिए ।


साप्ताहिक कार्यक्रमको शुरुवात गर्दै कार्यक्रमका प्रमुख अतिथी बाँके प्रदेश सासद कृष्ण केसी नमुनाले ग्रामिण भेगका महिलाहरुको स्वास्थ्यलाई मध्येनगर गरेर आयोजना गरिएको कार्यक्रमको सुरुवात सरहानीय भएको बताइन् । जनचेतनाको अभाव र स्वास्थ्यमा देखिएका समस्यालाई लुकाएर राख्ने बाध्यताका कारणले गर्दा कतिपय महिलाहरुको ज्यान जोखिमा पर्ने गरेको परिस्थितिलाई सम्बोधन गरेकोमा लायन्स क्लबलाई उनले धन्यवाद दिइन् । नमुनाले महिलाहरुको जटिल स्वास्थ्य समस्याका विषयमा स्वयम् आफू सचेत हुनुपर्ने र जागरुक हुनुपर्नेमा जोड दिइन् ।

Advertisement 2


कार्यक्रमका विशिष्ट अतिथी पूर्व गर्भनर लायन शेम शाक्यले महिलाहरुले आफूभित्रको समस्या लुकाएर राख्ने प्रवृतीका कारण समयमा उपचार नहुने र अनेकौ स्वास्थ्य समस्याको सामना गर्नु परेको बताए ।


वडा २२ का वडा अध्यक्ष अब्दुल गफार हलवाईले लायन्स क्लबले महिलाहरुको एकदमै जटिल समस्यालाई सम्बोधन गर्दै आफ्नो वडामा कार्यक्रमको आयोजना गरेकोमा आभार व्यक्त गरे ।

Advertisement 3


कार्यक्रमका अध्यक्ष मेल्बिन जोन्स डे सेलिब्रेसनका संयोजक लायन साबित्रा बस्नेतले वडाका सम्पूर्ण महिलाहरुले पाठेघरको मुखको क्यान्सर परीक्षणमा सहभागी भएर समयमा नै आफूभित्रको रोग पत्ता लगाएर उपचार गर्न अग्रसर हुन अनुरोध गरिन् ।


पाठेघरको मुखको क्यन्सरको परीक्षण डा. फरहद बानो र डा. नम्रता भटटराईले गरेका थिए भने चेकजाँचको क्रममा कतिपय महिलाहरुको पाठेघरमा ट्युमरको केस देखिएको हुँदा थप उपचारको लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा रिफरसमेत गरिएको छ ।


लायन्स क्लब आफ भेरीका अध्यक्ष सुषमा सुवेदीले स्वागत गरेको कार्यक्रममा पूर्व गर्भनर लायन मधुसुदन शर्मा, एक्ज्युटिभ चिफ लायन शशी स्वाँर, डिस्टिक्ट को चिफ लायन सरिता शाक्य, लायन साबित्रा शर्मा, डिस्टिक्ट एडभाईजर लायन उमा थापामगरलगायतको उपस्थित रहेको थियो ।


त्यसैगरी सोही अवसरमा लायन्स क्लब अफ नेपालगनज पिएनएलफले मानव सेवा आश्रमका ५० जनालाई ज्याकेट (न्यानो लुगा) वितरण गरेको छ भने लायन्स कल्ब अफ नेपालगन्ज, सिनर्जी, रोल्पा र न्युरोडले संयुक्त रुपमा बैजनाथ गाउँपालिका ७ पेडारीका १३ जना अपांगता भएका बालबालिका र भवानी मावि बढैयाताल सिमरा ३ का ३५ जना बौद्धिक अपांगता भएकाहरुलाई न्यानो लुगा वितरण गरेको छ । लायन्स क्लब आफ नेपालगन्ज वाटरपार्कले कारकाँदोमा रहेको सुस्त मनस्थित भएकाहरु २५ जनालाई ट्रयाक सुट वितरण गरेको छ ।

साथै आइतबार बिहान ८ बजेदेखि लायन्स क्लब अफ नेपालगञ्ज, सिनर्जि, रोल्पा र न्युरोडको संयुक्त आयोजनामा लायन्स डेन्टल अस्पताल खजुरा रोडमा दन्त शिविर पनि आयोजना गर्ने भएको छ ।

सम्बन्धित समाचार