२०८२ कार्तिक २७, बुधबार १६:२९ गते
नेपाली समय

नेपालगन्जमा कृति समीक्षा तथा विमोचन गरियो

२०७९ पुष २३ गते, शनिबार समय: २०:३० मिनेट

बाँके –

Advertisement 1


बाँकेको नेपालगन्जमा शनिबार विभिन्न साहित्यिक व्यक्तिलाई सम्मान, कृति समीक्ष र विमोचनको कार्यक्रम सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासंघ, लुम्बिनी प्रदेश शाखाले आयोजना गरेको कार्यक्रममा वरिष्ठ पत्रकार पूर्ण लाल चुके र साहित्यकार महानन्द ढकालको उपन्यास ‘बुहान’लाई सम्मान गरिएको हो भने पत्रकार चुकेलाई पत्रकारिताको माध्यक्षमबाट नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्धन गर्नका लागि अतुलनीय योगदान दिएको र ढकालको चर्चित उपनयास ‘बुहान’लाई सम्मान गरिएको छ ।


उनीहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनतकुमार रेग्मीले दोसल्ला ओढाएर सम्मान गरे ।

Advertisement 2


कार्यक्रममा काठमाडौंका उपन्यासकारद्वय माधव विडारीको उपन्यास अनन्त यात्रा र दामोदर ढकालको उपन्यास तिर्थाको समीक्षा गरिएको थियो । उक्त उपन्यासको समालोचक बाँसगढी बहुमुखी क्याम्पस, बर्दियाका सहायक प्राध्यापक हरि सुवेदी र कृष्ण माध्यमिक विद्यालय, सल्यानका प्रधानाध्यापक हिराबहादुर खत्रीले विस्तृतरुपमा समीक्षा गरे । पूर्व जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले उपन्यास तिर्था र वरिष्ठ गजलकार खगेन्द्र गिरि कोपिलाले अनन्त यात्रा उपन्यासको पाठकको हैसियतले समीक्षा गरे ।


सो अवसरमा सुनिल बुढाद्वारा लिखित तथा विश्व नेपाली साहित्य महासंघ, लुम्बिनी प्रदेश शाखाद्वारा प्रकाशित मेरी आमा कविता संग्रह र विश्व नेपाली साहित्य महासंघ, लुम्बिनी प्रदेश शाखा मुखपत्र लुम्बिनी दर्पणको दोस्रो अंक प्रमुख अतिथि तथा अतिथिहरुले विमोचन गर्नु गरे ।

सम्बन्धित समाचार