बाँके –
Advertisement 1
बाँकेको नेपालगन्ज उप–महानगरपालिकामा फैलिएको दादुरा प्रकोप फैलिँदै गएको देखिएको छ । शनिबारमात्रै नेपालगन्जमा थप २७ जना बालबालिकामा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
महामारीका रुपमा फैलिएको दादुराको चेकजाँच गर्दा शनिबार नेपालगन्जको वडा नम्बर ५ मा १ जना, वडा नम्बर ७ मा ११ जना र वडा नम्बर ८ मा १५ जनामा देखिएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले भूगोल खबरलाई जानकारी दिए ।
Advertisement 2
योसँगै नेपालगन्जमा दादुरा प्रभावित बालबालिकाको संख्या ६३ पुगेको छ । अहिलेसम्म १ जनाको मृत्यु भइसकेको छ । नेपालगन्जका २३ वटा वडामध्ये १० वटा वडामा दादुरा फैलिएको छ ।
स्वास्थ्य कार्यालय बाँकेले प्रभावित क्षेत्रमा खोप अभियान तीव्र पारेको जनाएको छ । शनिबिारमात्रै थप ३ सय ८३ बालबालिकालाई दादुरा रुवेला खोप लगाइएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुई दिनको अवधिमा १ हजार २ सय ५८ बालबालिकालाई खोप लगाइएको छ । ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाको पहिचान गर्ने र खोप लगाउने कार्यलाई तीव्रता दिइएको छ ।
Advertisement 3
त्यस्तै खजुरा गाउँपालिका – २ का ११ वर्षीय बालकालाई पनि दादुरा देखिएको श्रेष्ठले बताए ।
चौतर्फीरुपमा दादुरा देखिएपछि सोको रोकथामका लागि जनचेतनाका लागि माइकिङसमेत सुरु गरिएको श्रेष्ठले जनाकारी दिए ।
बालबालिकामा दादुराको महामारी फैलिएपछि चिकित्सकहरुले बालबालिकाको विशेष ख्याल गर्न सुझाव दिएका छन् ।







प्रतिक्रिया दिनुहोस्