२०८२ माघ ८, बुधबार ०३:२३ गते
नेपाली समय

नेपालगन्जमा थप २७ जना बालिकालिमा दादुरा देखियो

२०७९ पुष २३ गते, शनिबार समय: २०:५१ मिनेट

बाँके –

Advertisement 1


बाँकेको नेपालगन्ज उप–महानगरपालिकामा फैलिएको दादुरा प्रकोप फैलिँदै गएको देखिएको छ । शनिबारमात्रै नेपालगन्जमा थप २७ जना बालबालिकामा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।


महामारीका रुपमा फैलिएको दादुराको चेकजाँच गर्दा शनिबार नेपालगन्जको वडा नम्बर ५ मा १ जना, वडा नम्बर ७ मा ११ जना र वडा नम्बर ८ मा १५ जनामा देखिएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले भूगोल खबरलाई जानकारी दिए ।

Advertisement 2


योसँगै नेपालगन्जमा दादुरा प्रभावित बालबालिकाको संख्या ६३ पुगेको छ । अहिलेसम्म १ जनाको मृत्यु भइसकेको छ । नेपालगन्जका २३ वटा वडामध्ये १० वटा वडामा दादुरा फैलिएको छ ।


स्वास्थ्य कार्यालय बाँकेले प्रभावित क्षेत्रमा खोप अभियान तीव्र पारेको जनाएको छ । शनिबिारमात्रै थप ३ सय ८३ बालबालिकालाई दादुरा रुवेला खोप लगाइएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुई दिनको अवधिमा १ हजार २ सय ५८ बालबालिकालाई खोप लगाइएको छ । ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाको पहिचान गर्ने र खोप लगाउने कार्यलाई तीव्रता दिइएको छ ।

Advertisement 3


त्यस्तै खजुरा गाउँपालिका – २ का ११ वर्षीय बालकालाई पनि दादुरा देखिएको श्रेष्ठले बताए ।


चौतर्फीरुपमा दादुरा देखिएपछि सोको रोकथामका लागि जनचेतनाका लागि माइकिङसमेत सुरु गरिएको श्रेष्ठले जनाकारी दिए ।


बालबालिकामा दादुराको महामारी फैलिएपछि चिकित्सकहरुले बालबालिकाको विशेष ख्याल गर्न सुझाव दिएका छन् ।

जनचेतनाका लागि माइकिङ गरिँदै ।

सम्बन्धित समाचार