२०८२ मंसिर २२, आईतवार ००:३१ गते
नेपाली समय

रेडक्रसको भवन बनाउन राप्ती सोनारीले आर्थिक सहयोग गर्ने

२०७९ पुष २३ गते, शनिबार समय: २१:४७ मिनेट

बाँके –

Advertisement 1


बाँकेको राप्ती सोनारी गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटी सोनारी उपशाखाको भवन बनाउनका लागि आर्थिक सहयोग गर्ने भएको छ । सोनारी उपशाखाको तेस्रो साधारण सभामा प्रमुख अतिथिका रुपमा रहेका पालिका अध्यक्ष पौडेलले शनिबार सम्पन्न उपशाखाको साधारण सभा कार्यक्रममा भवन बनाउनका लागि पालिकाले ८ लाख रुपैयाँ सहयोग गर्ने बताएका हुन् ।


त्यस्तै कार्यक्रम उद्घाटनपश्चात पौडेलले रेडक्रस मानव कल्याणको लागि केही गर्नुपर्छ भन्ने सोच राख्ने सस्था रहेको र राप्ती सोनारीमा हुने समस्याहरुलाई रेडक्रसले समाधान गर्ने गरेको बताए ।

Advertisement 2


त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिका रुपमा रहेकी पालिका उपाध्यक्ष मनिषा सिंह थारुले रेडक्रसले एम्बुलेन्स, रक्तसञ्चार, विपद् व्यवस्थापन, प्राकृतिक प्रकोप, प्राथमिक उपचारलगायतका मानकल्याण कार्य गर्दै आएको स्मरण गरिन् । उनले रेडक्रसमा राप्ती सोनारीका एक घर एक आजिवन सदस्य हुनुपर्ने बताइन् ।


वडा नम्बर ६ का वडा अध्यक्ष लबराज खरेलले रेडक्रस सोसाइटी सोनारी उपशाखालाई भवन बनाउने आवश्यक पर्ने जग्गा उपलब्ध गराउने बताए ।

Advertisement 3


सोनारी उपशाखाका सभापति यज्ञ नारायण शर्माले हालसम्म शाखामा २ सय ८ जना सदस्य रहेका बताउँदै १ सय ५९ जना आजिवन सदस्य र ४९ जना साधारण सदस्य रहेको बताए ।

सम्बन्धित समाचार