२०८२ फाल्गुन ३०, शनिबार ०३:२२ गते
नेपाली समय

तुइनबाट खसेर बालक बेपत्ता

२०७९ पुष २४ गते, आईतवार समय: ०६:५२ मिनेट

धनगढी –

Advertisement 1


दार्चुलामा रहेको महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार बिहान तुइनबाट तर्ने क्रममा बेपत्ता भए पनि शनिबारमात्र खबर प्राप्त भएको हो ।


बेपत्ता हुनेमा ब्यास गाउँपालिका–४ को डोकटका १० वर्षीय बालक दिपेन्द्र बिष्ट हुन् । तुइनबाट नदी तर्ने क्रममा खसेर बेपत्ता भएको भएको खबर आएपछि स्थानीय प्रहरी टोली बालकको खोजीमा खटिएको प्रहजरीले जनाएको छ ।

Advertisement 2


बिहीबार बिहान बालककी आमा तुइनमार्फत खर काट्न भारतीय जंगलमा पुगेकी थिइन् । बालक पनि उनीसँगै गएका थिए । सोही क्रममा बालक तुइनबाट खसेर बेपत्ता भएका थिए ।

सम्बन्धित समाचार