काठमाडौं –
Advertisement 1
आज गुल्मीको रेसुंगा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न भएको रेसुंगा विमानस्थलमा डेमो उडान हुँदैछ । जसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाज गुल्मी प्रस्थान गर्नेछ । एयरलाइन्स कम्पनीका अनुसार तारा एयरले आइतबार बिहान १०ः३० मा डेमो उडान गर्नेछ र पुनः सो जहाज काठमाडैं फिर्ता हुनेछ । जहाजलाई काठमाडौंबाट रेसुंगा विमानस्थल पुग्न झण्डै १ घण्टा लाग्ने जनाइएको छ।
जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद चन्द्र भण्डारी, गोकर्ण विष्ट लगायत नेताहरू सवार हुनेछन् । साथै एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीसमेत जहाजमा रहने छन् । तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु समेत जहाजमा रहने भएका छन् ।
Advertisement 2
डेमु उडान पटि नियमित उडानका लागि प्रक्रिया थालिन र सोका लागि कम्तीमा २ साता लाग्नेछ ।
रेसुंगा विमानस्थल सदरमुकाम तमघास क्षेत्रमा पर्छ । यो सदरमुकाम तमघासबाट ५ किलोमिटर दूरीमा छ । रेसुंगा विमानस्थलमा १८ सिट क्षमताको जहाजमात्र जान सक्छ ।
Advertisement 3
योसँगै डेमो उडानको अवसरमा रेसुंगा नगरपालिका कार्यालयमा बिदा गरिएको छ । रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले नगरपालिकाको समन्वयमा विमानस्थलमा परीक्षण उडान गर्न लागिएकाले आज नगरपालिकाका सम्पूर्ण सेवा बन्द हुने उल्लेख गरेका छन् ।






प्रतिक्रिया दिनुहोस्