२०८२ माघ ८, बुधबार ०४:०४ गते
नेपाली समय

प्रदेश १ को मुख्यमन्त्री बन्दै एमाले नेता कार्की

२०७९ पुष २४ गते, आईतवार समय: ०९:५६ मिनेट

काठमाडौं –

Advertisement 1

प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ। सत्ता साझेदार दलहरुले आजै प्रदेश प्रमुखसामू मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन्। 

प्रदेश १ सरकारको नेतृत्व एमालेबाट हिक्मत कार्कीले गर्ने गठबन्धन दलहरूले बताएका छन्। झापा ५ को क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित कार्की एमाले स्थायी कमिटी सदस्य हुन्। अध्यक्ष केपी ओली निकट उनी प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए।

Advertisement 2

पुस १७ गते नै प्रदेश प्रमुखले एक साताको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न प्रमुख खापुङले आव्हान गरेका थिए।

एमाले र माओवादीको गठबन्धन हुँदा प्रदेशमा आरामदायी बहुमत पुग्ने अवस्था छ। ९३ सदस्सीय सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ। एमालेसँग ४० र माओवादीसँग १३ सिट छ। केन्द्रीय गठबन्धनमा सामेल रहेको राप्रपाको ६ सिट र जसपाको १ सिट थपिँदा सरकारलाई ६० सांसदको समर्थन पुग्नेछ। 

Advertisement 3

प्रदेशसभामा नेपाली कांग्रेससँग २९ र एकीकृत समाजवादीसँग ४ सांसद छन्। कुनै पनि दलसँग एक्लै सरकार बनाउन पुग्ने बहुमत नभएका कारण यहाँ दुई वा दुईभन्दा बढी दलहरुको सहभागितामा सरकार बन्नेछ।

सम्बन्धित समाचार