२०८२ मंसिर २२, आईतवार ०१:१८ गते
नेपाली समय

नेपाल टी–२० : जनकपुरलाई हराउँदै लुम्बिनी फाइनलमा

२०७९ पुष २४ गते, आईतवार समय: १६:४७ मिनेट

काठमाडौं –

Advertisement 1


आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी नेपाल टी–२० लिगको फाइनलमा लुम्बिनी अल स्टार्स प्रवेश गरेको छ । लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो ।


लुम्बिनीले जनकपुरलाई ६ रनले पराजित गरेको छ । लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याएको जनकपुरले ७ विकेट क्षतिमा १ सय ३७ रन मात्र जोड्यो ।

Advertisement 2


जनकपुरका लागि शमिउल्लाह शिनवारीले सबैभन्दा बढी ४५ रन बनाए । १९ ओभरको सुरुवाती २ बलमा लगातार छक्का हानेका उनी तेस्रो बलमा आउट भए । उनले ३१ बलमा २ चौका र ३ छक्का प्रहार गरे।


पवन सराफले नटआउट ३० जोडे । उनले अन्तिम ५ बलमा ९ रन चाहिए पनि २ रन मात्र जोड्न सके ।

Advertisement 3


साराफुद्दिन असरफले १९ बलमा २४ रन जोडे। कप्तान ट्रेभन ६ बलमा १० रन जोडेर आउट भए। राजेश पुलामी मगरले २० बलमा १३ रन मात्र जोड्न सके ।


बलिङमा लुम्बिनीका दिपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले २–२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ लुम्बिनीले २० ओभरमा ८ विकेटमा क्षतिमा १४३ रन जोड्यो ।


लुम्बिनीका लागि इशान पाण्डेले सबैभन्दा बढी ३८ रन जोडे । उनले ३९ बलमा ३ चौका र १ छक्का हिर्काए ।स्याड्ली भन स्कावेकले ८ बलमा १७ रन, विपुल शर्माले १३ बलमा २० रन र अनिल साहले २६ बलमा २४ रन बटुले ।


बलिङमा जनकपुरका असन प्रियन्जन, सोमपाल कामी र जितेन्द्र मुखियाले २–२ विकेट लिए ।


अब सोमबार एलिमिनेटरमा काठमाडौं नाइट्स र विराटनगर सुपरकिंग्सबीच खेल हुनेछ । विजेताले आज पराजित जनकपुरसँग मंगलबार दोस्रो क्वालिफायरमा भिड्नेछ ।

सम्बन्धित समाचार