२०८२ मंसिर २२, आईतवार २१:२२ गते
नेपाली समय

रेसुंगा विमानस्थलमा डेमो उडान सम्पन्न

२०७९ पुष २४ गते, आईतवार समय: १६:५८ मिनेट

काठमाडौं –

Advertisement 1


गुल्मीको रेसुंगा नगरपालिका–१० स्थित सिमिचौरमा निर्माण सम्पन्न भएको रेसुंगा विमानस्थलमा आइतबार तारा एयरको जहाजले डेमो उडान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको नाईन एन एएलओ ट्वीनअटर–४०० वायुयान गुल्मीले सफलतापूर्वक डेमोउडान सम्पन्न गरेको हो ।


सो विमान सिमिचौरमा निर्माण भएको रेसुंगा विमानस्थलमा दिनको १२ बजे अवतरण भएको थियो । जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद चन्द्र भण्डारी, गोकर्ण विष्ट, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले उडान लिएका थिए ।

Advertisement 2


सफलतापूर्वक उडान सम्पन्न भएसँगै अब नियमित उडान हुने तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले बताएका छन् । डेमु उडानपछि नियमित उडानका लागि प्रक्रिया थालिन र सोका लागि कम्तीमा २ साता लाग्ने उनले बताए ।


यसअघि पनि २०७५ जेष्ठ २५ गते तारा एयरले नै टेष्ट फ्लाइट गरेको थियो ।

Advertisement 3


रेसुंगा विमानस्थल सदरमुकाम तमघास क्षेत्रमा पर्छ । यो सदरमुकाम तमघासबाट ५ किलोमिटर दूरीमा छ । रेसुंगा विमानस्थलमा १८ सिट क्षमताको जहाजमात्र जान सक्छ ।


योसँगै डेमो उडानको अवसरमा रेसुंगा नगरपालिका कार्यालयमा बिदा गरिएको छ । रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले नगरपालिकाको समन्वयमा विमानस्थलमा परीक्षण उडान गर्न लागिएकाले आज नगरपालिकाका सम्पूर्ण सेवा बन्द हुने उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार