२०८२ कार्तिक २८, बिहीबार ११:३५ गते
नेपाली समय

जानकीमा थप ३ दिन विद्यालय बन्द हुने

२०७९ पुष २४ गते, आईतवार समय: १७:०८ मिनेट

बाँके –

Advertisement 1


बाँकेको जानकी गाउँपालिकामा थप ३ दिन विद्यालय गरिने पालिकाले जनाएको छ । केही दिनदेखि अत्यधिक बढेको चिसोका कारण जानकी भित्रका सम्पूर्ण विद्यालय थप ३ दिनका लागि बन्द गर्ने निर्णए भएको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।


यसअघि पालिकाले पुष २२ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर लगातारको चिसोका कारण विद्यालयमा पठन पाठन प्रक्रियामा असहज हुने र विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै पुष २६ गतेसम्मका लागि सम्पूर्ण विद्यालय बन्द गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्णाकुमारी भण्डारी जानकारी गराइन् ।

सम्बन्धित समाचार