बाँके –
Advertisement 1
बाँकेको राप्ती सोनारी गाउँपालिकामा एकैदिन ४ सय १३ जना बा–आमाले स्वास्थ्य लाभ लिएका छन् । पालिकाले आर्थिक वर्ष २०७९÷८० ‘बा–आमा संरक्षण कार्यक्रम’ अन्तर्गत संचालन गरेको शिविरबाट १ सय ७५ जना पुरुष र २ सय ३८ जना महिलाले सेवा दिएको पालिकाले जनाएको छ ।
शनिबार राप्ती सोनारी गाउँपालिका – ७, फत्तेपुरमा संचालन गरिएको एकदिने एकिकृत विशेषज्ञ स्वास्थ्य सेवा घुम्ती शिविरबाट उनीहरुले सेवा पाएका हुन् । नेपालगन्ज मेडिकल कलेजको प्राविधिक सहयोगमा राप्ती सोनारी गाउँपालिका स्वास्थ्य शाखाले फत्तेपुरस्थित अमरज्योती माध्यामिक विद्यालय परिसरमा उक्त शिविर संचालन गरेको थियो ।
Advertisement 2
मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका कलेजो रोग विशेषज्ञ डा. दिपेन्द्र खड्का, स्त्री रोग विशेषज्ञ डा. रामकुमार दास, शल्यक्रिया विशेषज्ञ डा. दिपेश खड्का, बालरोग विशेषज्ञ डा. शमिर महासेठ, नाक कान घाँटी रोग विशेषज्ञ डा. कुमार श्रेष्ठ, हाडजोर्नी विशेषज्ञ डा. सबिन श्रेष्ठलगायतको १७ जना डाक्टरहरुको टोलीले स्वास्थ्य सेवा दिएको थियो । सो कार्यक्रम वडा ७ का वडाअध्यक्ष रामलखन थारुको सभापतित्व र पालिका अध्यक्ष तप्तबहादुर पौडेलको प्रमुख आथित्यतामा संचालन भएको हो ।
स्वास्थ्य शाखा प्रमुख देवेन्द्र कुमार केसीले दिएको जानकारी अनुसार शिविरबाट ५३ जना विभिन्न रोगका बिरामीलाई थप उपचारका लागि प्रेषण गरिएको छ भने १ जना छाला रोगका गम्भिर बिरामीलाई मेडिकल कलेज कोलपुरमा पठाइएको छ ।
Advertisement 3
शिविरमा छनोट भएका बिरामीलाई थप उपचार गर्दा जाँच पड्तालमा २५ प्रतिशत तथा अप्रेशन तथा बेड चार्जमा ५० प्रतिशत छुट दिइने मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले प्रतिवद्धता जनाएका थिए ।
पालिका अध्यक्ष पौडेलका सबै वडामा ‘बा–आमा संरक्षण कार्यक्रम’ संचालन गर्ने बताउँछन् । उनले भने, ‘बा–आमा भनेका हाम्रो समाजका गहना हुन् । उनीहरुको स्वास्थ्यप्रति हामी गम्भिर छौं । त्यसैले घरआगनमा स्वास्थ्य सेवा पु¥याउन कार्यक्रम ल्याएका हौं ।’
स्वास्थ्य शिविरमा पालिका उपाध्यक्ष मनिषासिंह थारु, वडा ६ का वडाअध्यक्ष लवराज खरेल, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख देवेन्द्रकुमार केसी, लर्ड बुद्ध एजुकेशनल एकेडेमी प्रालिका सामाजिक सुरक्षा एकाई प्रमुख रामबहादुर मल्ल, फत्तेपुर स्वास्थ्यचौकीका प्रमुख मनोज कुमार मिश्रलगायतको उपस्थिति थियो ।






प्रतिक्रिया दिनुहोस्