बाँके –
Advertisement 1
भारतको गुजरातबाट टीकापुर आउँदै गरेको बस लखनउमा दुर्घटना भएको छ । गुजरातबाट टीकापुरतर्फ आउँदै गरेको बस भारतको लखनउनजिकै दुर्घटना हुँदा १४ जना नेपालीको ज्यान गएको हो।
स्थानीय भुपेन्द्र साँउदका अनुसार टीकापुर नगरपालिका-१ व्यावसाय क्षेत्रका चन्द्रबहादुर साउँदको दुर्घटनामा परेर ज्यान गएको छ। उनका अनुसार मृतक साउँदका परिवारका अन्य सदस्यहरू समेत सोही बसमा यात्रा गरिरहेका थिए ।
Advertisement 2
मृत्यु हुने अन्य कसैको पनि सनाखत हुन सकेको छैन। बाक्लो हुस्सुका कारण दुर्घटना भएको बताइएको छ ।
टिकापुर आउँदै गरेको बसलाई दुवैतर्फबाट विपरीत दिशातर्फ जाँदै गरेको अर्को सवारीसाधनले ठक्कर दिएको बताइएको छ ।
Advertisement 3
साभार – इकागज






प्रतिक्रिया दिनुहोस्