२०८२ कार्तिक २८, बिहीबार १०:३६ गते
नेपाली समय

भारतको लखनउमा १४ नेपालीको मृत्यु

२०७९ पुष २५ गते, सोमबार समय: ०९:४५ मिनेट

 बाँके –

Advertisement 1

भारतको गुजरातबाट टीकापुर आउँदै गरेको बस लखनउमा दुर्घटना भएको छ । गुजरातबाट टीकापुरतर्फ आउँदै गरेको बस भारतको लखनउनजिकै दुर्घटना हुँदा १४ जना नेपालीको ज्यान गएको हो।

स्थानीय भुपेन्द्र साँउदका अनुसार टीकापुर नगरपालिका-१ व्यावसाय क्षेत्रका चन्द्रबहादुर साउँदको दुर्घटनामा परेर ज्यान गएको छ। उनका अनुसार मृतक साउँदका परिवारका अन्य सदस्यहरू समेत सोही बसमा यात्रा गरिरहेका थिए ।

Advertisement 2

मृत्यु हुने अन्य कसैको पनि सनाखत हुन सकेको छैन।  बाक्लो हुस्सुका कारण दुर्घटना भएको बताइएको छ ।

टिकापुर आउँदै गरेको बसलाई दुवैतर्फबाट विपरीत दिशातर्फ जाँदै गरेको अर्को सवारीसाधनले ठक्कर दिएको बताइएको छ ।

Advertisement 3

साभार – इकागज

सम्बन्धित समाचार