बाँके –
Advertisement 1
पुष २७ गते राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको ३०१औं जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल शिवसेनाले विशेष कार्यक्रम गर्ने भएको छ । पृथ्वी जयन्ती तथा एकता दिवसको अवसर बाँकेको नेपालगन्जमा पृथ्वी जन्मजयन्ती सभा, ¥याली एवम् दीप प्रज्वलन गर्ने लागिएको हो ।
राप्रपा बाँकेकी उपाध्यक्ष विन्दु चर्तीमगरका अनुसार राप्रपा बाँकेले भोली (बुधबार) १२ बजे धम्बोझीदेखि त्रिभुवनचोकसम्म पैदल ¥याली निकाल्ने तयारीमा रहेको छ । साथै बेलुका दीप प्रज्वलन गर्नेसमेत कार्यक्रम तय गरिएको उपाध्यक्ष चर्तीमगरलेब बताइन् ।
Advertisement 2
त्यस्तै शिवसेनाले शान्तिपूर्ण प्रर्दशनसहित ¥याली र शेष सभाको तयारी गरिरहेको छ । नेपाल शिवसेना बाँके नेपालगन्ज उप–महानगरपालिका पालिकाका नगर अध्यक्ष सुनिल केसीले बुधबार बिहान ११ बजे बागेश्वरी पार्कदेखि नगर परिक्रमा गरी नेपालगन्जको प्रमुख वीरेन्द्र चोकमा समापन गर्ने योजना रहेको बताए ।
कार्यक्रममा नेपाल शिवसेनाका अध्यक्ष , महासचिव तथा केन्द्रीय नेताहरुले राष्ट्र र पृथ्वीको सम्बोधन गर्नेछन् । जन्मजयन्ती सभामा धार्मिक अगुवा तथा सामाजिक अन्य व्यक्तित्वले सम्बोधन गर्नसक्ने पनि बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्