बाँके –
Advertisement 1
बाँकेको जानकी गाउँपालिकाको हिउँदे गाउँसभाले पत्रकार रवीन्द्र घिमिरेलाई पालिकाको प्रेस सल्लाहकारको रुपमा नियुक्त गरेको छ । सोमबार सुरु भएको पालिकाको १३औं गाउँसभामा पालिकाका अध्यक्ष छब्बन खाँले प्रेस सल्लाहकारको रुपमा पत्रकार घिमिरेलाई नियुक्त गरेको सार्र्वजनिक गरेका हुन् ।
बाँकेबाट सक्रिय पत्रकारिता गरिरहेका घिमिरे हाल प्राइम र राज्य टेलिभिजनका बाँके संवाददाता हुन् । २५ वर्षे पत्रकारिता यात्रामा उनले स्थानीय टेलिभिजन भिजन र बागेश्वरी टेलिभिजनदेखि नेपालको पहिलो स्याटलाइट टेलिभिजन च्यानल नेपाल, माउन्टेन टेलिभिजनमा काम गरिसकेका छन् ।
Advertisement 2

जानकीमा राजश्व वृद्धि गरिने
त्यस्तै हिउँदे गाउँसभामा पालिकाका प्रमुख प्रशासकिय अभिकृत सिंहराज डाँगीले आन्तरिक राजश्व वृद्धि गर्ने उद्देश्यले जानकी गाउँपालिकाको गाउँ प्रहरी ऐन २०७९ पारित गरिएको बताए । अब गाउँपालिकामा एक जना असई, एक जना हवल्दार र ६ जना गाउँ प्रहरी जवान भर्ना गर्ने बाटो खुलेको छ ।
Advertisement 3
यस्तै आर्थिक ऐन २०७९ संशोधनसहित पारित गरिएको छ ।
पालिकामा अपुग कर्मचारी व्यवस्थापन गर्न कानुन बनाएर ऐन पारित गर्नुपर्नेमा हालसम्म नभएकाले त्यसलाई पनि पारित गरिएको छ । पालिकामा अब सैद्धान्तिक बेरुजु आउने अवस्थाको अन्त्य भएको डाँगीले बताए ।
गाउँसभामा चालू आर्थिक वर्षको वितेको ६ महिनाको बजेट खर्च प्रगतिको समिक्षा र खर्च हुन नसकेको वडागत, शाखागत तथा गाउँकार्यपालिका कार्यालयबाट रहेको बजेटमा पनि संशोधन गरिएको छ । गाउँपालिकाको अनुदानका शिक्षक एवम् कार्यालय सहयोगीहरुका लागि आगामी ६ महिनाको अपुग ३६ लाख रकम थप गर्ने निर्णय गाउँसभाले गरेको छ ।
यस्तै वडा नम्बर १ को वडा कार्यालय बनाउन जग्गा खरिदका लागि १० लाख रुपैयाँ थप गर्ने निर्णय पनि गाउँसभाले गरेको सिंहले जानकारी दिए । गएको ६ महिनामा ३१ करोड ६१ लाख ७० हजार रुपैयाँ खर्च भएको छ । यो हिसाबले ६ महिनाको प्रगति प्रतिशत ३६.५५ प्रतिशत देखिएको छ ।






प्रतिक्रिया दिनुहोस्