२०८२ फाल्गुन २९, शुक्रबार १४:३१ गते
नेपाली समय

एकपटकको चार्जमा ३६० किलोमिटर चल्ने ई–बाइक सार्वजनिक

२०७९ पुष २६ गते, मंगलवार समय: ११:२१ मिनेट

एजेन्सी –

Advertisement 1


स्विडेनको इलेक्ट्रिक बाइक निर्माता कम्पनी केकले एकपटको फूल चार्जमा ३ सय ६० किलोमिटर रेच्न रहेको नयाँ ई–बाइक सार्वजनिक गरेको छ । ‘आइक’ नाम दिइएको उक्त इ–बाइकलमा अगाडिपट्टि २० किलो र पछाडि ६० किलोसम्मको तौल भएको सामान बोक्न सक्छ केकले दाबी गरेको छ ।


कम्पनीले ई–बाइकलाई आफ्ना अन्य बाइक जस्तै डिजाइन दिएको छ । ’आइक’मा ७५० वाट आवर क्षमता भएका तीन ओटा ब्याट्री फिट गरिएको छ । कुल २२५० वाट आवर ब्याट्री क्षमताले एक पटकको फुल चार्जमा ३६० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी गरेको हो ।

Advertisement 2


उक्त बाइक अमेरिका र युरोपमा फरक–फरक भेरियन्टमा उपलब्ध हुनेछ । लोड धेरै भएको अवस्थामा सो बाइकले १०० न्युटन मिटर टर्क उत्पादन गर्नसक्ने बताइएको छ । यसमा चार ओटा हाइड्रोलिक डिस ब्रेक छन् ।


कम्पनीका अनुसार ई–बाइक अहिले प्रि–अर्डरका लागि विभिन्न देशमा उपलब्ध छ, जुन यो वर्ष मे महिनामा शिपिङ हुनसक्ने अपेक्षा गरिएको छ ।

Advertisement 3


कम्पनीले छ हजार ४७० डलर (करिब आठ लाख ५४ हजार रुपैयाँ) मा आइकको प्रि–बुकिङ खुलाएको छ ।

सम्बन्धित समाचार