२०८२ फाल्गुन २६, मंगलवार १४:५५ गते
नेपाली समय

ग्लोबल आईएमई बन्यो सबैभन्दा ठूलो बैंक

२०७९ पुष २६ गते, मंगलवार समय: १२:५६ मिनेट

काठमाडौं –

Advertisement 1


ग्लोबल आईएमई बैंकमा बैंक अफ काठमान्डू लिमिटेड (बीओके) गाभिएर एकीकृत कारोबार सुरु गरेसँगै ग्लोबल आईएमई नेपालको सबैभन्दा ठूलो बैंक बनेको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारका हिसाबले नेपालको सबैभन्दा ठूलो बनेको उनले बताएका छन् ।


हालसम्म ५ वाणिज्य बैंक, १० विकास बैंक र ५ वित्त कम्पनी मर्ज तथा प्राप्ति भएर ग्लोबल आईएमई बैंक मुलुककै सबैभन्दा ठूलो बैंक भएको ढकालले जानकारी गराए ।

Advertisement 2


‘ग्लोबल आईएमई बैंक लिमिटेड’ कै नामबाटै सञ्चालनमा आएको बैंकको चुक्ता पुँजी अब करिब ३५ अर्ब ७७ करोड रुपैयाँ छ । कूल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५.७७ अर्ब रुपैयाँ, कुल निक्षेप ४ खर्ब रुपैयाँ र कुल कर्जा ३ खर्ब ७९ अर्ब रुपैयाँभन्दा बढी पुग्ने जनाइएको छ ।


बैंकको नयाँ सञ्चालक समितिमा ग्लोबल आईएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमान्डूका तर्फबाट २ जना रहनेछन् । बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा ग्लोबल आईएमईकै रत्नराज बज्राचार्य छन् ।

Advertisement 3


मर्जरपछि यो बैंकले कूल ३ सय ६५ शाखा कार्यालय, ३ सय ६७ एटीएम, २ सय ८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय र ३ वटा विदेशस्थित सम्पर्क कार्यालयबाट वित्तीय सेवा प्रदान गर्ने जनाइएको छ । करिब ४० लाखभन्दा बढी ग्राहक रहेका छन् ।

सम्बन्धित समाचार