२०८२ मंसिर २१, शनिबार २३:५१ गते
नेपाली समय

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस र नेकपा एसले समर्थन गर्ने

२०७९ पुष २६ गते, मंगलवार समय: १३:०९ मिनेट

काठमाडौं –

Advertisement 1


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले निर्णय गरेका छन् ।


मंगलबार नयाँ बानेश्वरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिएका छन् । विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्ने उनले बताए ।

Advertisement 2


त्यस्तै नेकपा एसले ससर्त विश्वासको मत दिने निर्णय गरेको केन्द्रीय सचिवालयले जनाएको छ । मंगलबार बिहान बसेको बैठकले सरकारलाई विश्वासको मत दिएर पनि प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।


एकीकृत समाजवादीका प्रतिनिधिसभामा १० सदस्य रहेका छन् । संसद्को सोमबार भएको पहिलो बैठकमा दलका अध्यक्षका माधवकुमार नेपालले सम्बोधनको क्रममा दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने संकेत गरेका थिए ।

Advertisement 3


नेकपा एसले वाग्मति सरकारमा पनि माओवादी नेतृत्वलाई समर्थन गरेको छ ।

सम्बन्धित समाचार