२०८२ मंसिर २२, आईतवार २२:१६ गते
नेपाली समय

जनकपुरलाई हराउँदै विराटनगर टी–२० लिगको फाइनलमा

२०७९ पुष २६ गते, मंगलवार समय: १६:२७ मिनेट

काठमाडौं –

Advertisement 1


नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा विराटनगर सुपर किंस पुगेको छ । आज भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगर उपाधि नजिकै पुगेको हो ।


अब उपाधिका लागि जनकपुरले लुम्बिनी अल स्टारसँग खेल्नेछ । यसअघि पहिलो क्वालिफायरमा जनकपुरलाई हराउँदै लुम्बिनी फाइनलमा पुगेको थियो ।

Advertisement 2


आजको खेलमा विराटनगरले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको जनकपुर १९ ओभर एक बलमा एक सय २८ रन बनाउँदा अलआउट भयो । जनकपुरका लागि विदेशी खेलाडी चाडविक वाल्टनले ५१ र ट्रेभन ग्रिफ्तले ३४ रन बनाए । विराटनगरका किओन जोसेफले तीन तथा नन्दन यादव र राज नन्नानले दुई÷दुई विकेट लिए ।


यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरका लागि गौरांशु शर्माले सर्वाधिक ४२, अर्जुन साउदले ३५, राज नन्नदले ३३ र होसाइन तलातले ३१ रन बनाए । जनकपुरका जितेन्द्र मुखियाले दुई विकेट लिए ।

सम्बन्धित समाचार