२०८२ मंसिर २१, शनिबार २३:५२ गते
नेपाली समय

प्रधानमन्त्री प्रचण्डलाई कायापलट विश्वासको मत

२०७९ पुष २६ गते, मंगलवार समय: १८:५२ मिनेट

काठमाडौं –

Advertisement 1


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंगलरबा कायापलट विश्वासको मत मिलेको छ । नेपाली कांग्रेससँगको गठबन्धनविरुद्ध नेकपा एमालेसँग तालमेल गरेको प्रचण्डलाई कांग्रेस र नेकपा एकीकृत समाजवादीले पनि विश्वासको मत दिएको हो ।


मंगलबार नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो भने नेकपा एसले सोही दिन ससर्त विश्वासको मत दिने निर्णय गरेको थियो । तर प्रचण्डलाई समर्थन गरेपछि प्रतिपक्षमा बस्ने कांग्रेस र नेकपा एसले जनाएको छ ।

Advertisement 2


मंगलबार प्रचण्डले २ सय ६८ मत पाएका छन् । २ सय ७५ मध्ये २ सय ७० जना सांसद उपस्थित थिए । जसमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेमकिपाका सांसद प्रेम सुवालले विपक्षमा मतदान गरे। त्यस्तै प्रतिनिधिसभाको अध्यक्षता गरेका जेष्ठसदस्य पशुपति शमशेर जबरा, अनुपस्थित कांग्रेस सांसदहरु मनोरमा शेरचन, किशोरसिंह राठौर,अम्बिका बस्नेत र निलम्वनमा रहेका टेकबहादुर गुरुङको मत पनि प्रचण्डले पाएनन् ।

प्रचण्डले कांग्रेसको ८५, एमालेको ७९, माओवादीको ३२, रास्वपा २०, राप्रपाको १३, जसपाको १२, नेकपा एसको १०, जनमत पार्टीको ६, नागरिक उन्मुक्तिको ४, लेसपाको ४ र स्वतन्त्रको ३ सांसदको समर्थन पाएका छन् ।

सम्बन्धित समाचार