२०८२ चैत्र ५, बिहीबार ०४:३३ गते
नेपाली समय

कहीँ नभएको जात्रा नेपालको संसदमा : चित्रबहादुर

२०७९ पुष २६ गते, मंगलवार समय: १९:१५ मिनेट

काठमाडौं –

Advertisement 1


मंगलबार संसद भवनमा प्रचण्डलाई समर्थन नजनाउँदै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कहीँ नभएको जात्रा नेपालको संसदमा भनेर टिप्पणी गरेका छन् । उनले प्रतिपक्ष नभएको सरकार नभएको सरकार निरंकुश हुने बताए ।


‘मैले बुझेको संसदमा प्रतिपक्ष हुन्छ । बलियो प्रतिपक्ष भएन भने त्यो सरकार निरंकुश हुन्छ । त्यसले जे मनलायो तेही गर्द,’ केसीले भने ।

Advertisement 2


केसीले प्रचण्डले पाएको समर्थनप्रति आशंका व्यक्त गर्दै भने, ‘सबै साथीहरुलाई सरकारमा सामेल गरेर विगतमा भएका आफ्नो कमिकमजोरीलार्य पनि ढाक्ने र त्येही लडेर एउटालाई ढालेर फेरी अर्को सरकारमा आउने ढाल त होइन यो ।’


मंगलबार प्रचण्डले २ सय ६८ मत पाएका छन् । २ सय ७५ मध्ये २ सय ७० जना सांसद उपस्थित थिए । जसमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेमकिपाका सांसद प्रेम सुवालले विपक्षमा मतदान गरे । त्यस्तै प्रतिनिधिसभाको अध्यक्षता गरेका जेष्ठसदस्य पशुपति शमशेर जबरा, अनुपस्थित कांग्रेस सांसदहरु मनोरमा शेरचन, किशोरसिंह राठौर,अम्बिका बस्नेत र निलम्वनमा रहेका टेकबहादुर गुरुङको मत पनि प्रचण्डले पाएनन् ।

Advertisement 3


प्रचण्डले कांग्रेसको ८५, एमालेको ७९, माओवादीको ३२, रास्वपा २०, राप्रपाको १३, जसपाको १२, नेकपा एसको १०, जनमत पार्टीको ६, नागरिक उन्मुक्तिको ४, लेसपाको ४ र स्वतन्त्रको ३ सांसदको समर्थन पाएका छन् ।

सम्बन्धित समाचार