बाँके –
Advertisement 1
बाँकेको जानकी गाउँपालिकामा पिछडा वर्गको सुचिकरण गरिने भएको छ । पालिका अध्यक्ष छब्बन खाँले पालिकामा रहेका पिछडा वर्गको एकिन तथ्यांक निकाल्नका लागि स्थलगत निरीक्षण गरी सुचिकरण गर्न लागिएको बताए ।
मंगलबार सो विषयमा अन्तरक्रियासमेत गरिएको छ । राष्ट्रिय समावेशी आयोग पुल्चोक ललितपुरको आयोजना तथा जानकी गाउँपालिका सहयोगमा अन्तरक्रिया गरिएको छ । पिछडा वर्गको अध्ययन, अनुगमन तथा सुचिकरण सम्बन्धी एकदिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
Advertisement 2
कार्यक्रममा अध्यक्ष खाँले पिछडा वर्ग भनेर मात्र संविधानमा राखिदिएको भएता पनि पिछडा वर्गका कति थर छन्, कति जात छन, कहाँ–कहाँ बसोवास गरेका छन भन्ने एकीन नतिजना नभएको बताए ।
कार्यक्रममा राष्ट्रिय समावेशी आयोगले स्थलगत निरीक्षण गरी विछडा वर्गको सुचिकरण गर्ने राष्ट्रिय समावेशी आयोगका सदस्य माननिय पुष्पराज तिमिल्सिनाले बताए । उनले नेपाल सरकारले दिने गरेको आरक्षण कोटामध्ये पिछडा वर्गले पनि आरक्षण पाउनुपर्ने अवस्था रहेको बताए ।





प्रतिक्रिया दिनुहोस्