२०८२ फाल्गुन २९, शुक्रबार १५:१५ गते
नेपाली समय

प्रधानमन्त्री कप प्रदेशस्तरीय प्रतियोगिता पुनः रुपन्देही बिजयी

२०७९ पुष २६ गते, मंगलवार समय: २१:१७ मिनेट

दाङ –

Advertisement 1


आज (मंगलबार) दाङमा सम्पन्न प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला क्रिकेट छनौट प्रतियोगितामा पुनः रुपन्देही विजयी भएको छ । गत वर्ष झै यसपटक पनि विजता रुपन्देहीले फाइनलमा पुनः दाङलाई ७ रनले पराजित गर्दै विजेता बनेको हो ।


९५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको दाङले सम्पूर्ण विकेट गुमाउँदै ८९ रनमा सीमित रह्यो ।

Advertisement 2


दाङका लागि लक्ष्मी चौधरीले ५ बलमा १० रनमात्र बनाउन सकिन भने कप्तान सरस्वती जिएमले ५२ बल खेल्दै अविजित २३ रन बनाइन् ।


टसजितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले ६ विकोटको क्षतिमा ९४ रन बनाएको थियो । रुपन्देहीका ओपनर श्रुति बुढाथोकी र विभाष्ना बिसीले २० रन योगदान दिए ।
फाईनलमा उत्कृष्ट प्रदर्शन गरेकी रुपन्देहीकी कप्तान कृतिका मरासिनी प्लेयर अफ द म्याच भइन् ।

Advertisement 3


प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनौट गरी यही पुस २९ गतेबाट ईटहरीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी गराईने नेपाल क्रिकेट संघका लुम्विनी प्रदेश सदस्य एवं छनोट समितिका संयोजक कैलाश रोकामगरले जानकारी दिए । लुम्बिनी प्रदेशबाट १४ जना खेलाडी, प्रशिक्षक र टीम व्यवस्थापक तथा चार जना वैकल्पिक खेलाडी छनौट हुनेछन् ।

सम्बन्धित समाचार