२०८२ मंसिर २१, शनिबार २३:३६ गते
नेपाली समय

नेपाल टी–२० : उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्दै

२०७९ पुष २७ गते, बुधबार समय: ०९:२८ मिनेट

काठमाडौं –

Advertisement 1


कीतिपुरस्थित त्रिवि मैदानमा जारी नेपाल टी–२० लिगको क्वालिफायर गेम सकिएको छ । मंगलबार विराटनगर सुपर किंसले जनकपुर रोयल्सलाई दोस्रो क्वालिफायरमा हराएसँगै अन्तिम क्वालिफायर गेम सकिएको हो ।


आज (बुधबार) उपाधिका लागि फाइनलमा विराटनगर र लुम्बिनी अल स्टार भिड्दै छन् । आइतबार सम्पन्न पहिलो क्वालिफायरमा जनकपुरलाई हराउँदै लुम्बिनी फाइनलमा पुगिसकेको छ । लुम्बिनीले जनकपुरलाई ६ रनले पराजित गरेको थियो ।

Advertisement 2


मंगलबार दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगर उपाधि नजिकै पुगेको हो । खेलमा विराटनगरले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको जनकपुर १९ ओभर एक बलमा एक सय २८ रन बनाउँदा अलआउट भयो ।


जनकपुरका लागि विदेशी खेलाडी चाडविक वाल्टनले ५१ र ट्रेभन ग्रिफ्तले ३४ रन बनाए । विराटनगरका किओन जोसेफले तीन तथा नन्दन यादव र राज नन्नानले दुई÷दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरका लागि गौरांशु शर्माले सर्वाधिक ४२, अर्जुन साउदले ३५, राज नन्नदले ३३ र होसाइन तलातले ३१ रन बनाए । जनकपुरका जितेन्द्र मुखियाले दुई विकेट लिए ।

सम्बन्धित समाचार