२०८२ फाल्गुन ३०, शनिबार ०६:०३ गते
नेपाली समय

’नाटू–नाटू’ गीतले जित्यो गोल्डेन अवार्ड

२०७९ पुष २७ गते, बुधबार समय: ०९:३४ मिनेट

एजेन्सी –

Advertisement 1

एसएस राजामौलीको फिल्म ‘आरआरआर’ मा रहेको ‘नाटू–नाटू’ गीतले गोल्डेन ग्लोब अवार्ड उत्कृष्ट मौलिक गीत मोशन पिक्चरको उपाधि जितेको छ । अमेरिकाको क्यालिफोर्नियामा ८०औँ गोल्डेन ग्लोब अवार्ड समारोह आयोजना ‘नाटू–नाटू’ले सो अवार्ड जितेको हो ।


तेलुगु गीत एमएम किरावानीले कम्पोज गरेका हुन् भने यसको शब्द चन्द्रबोसले लेखेका हुन् । गीतमा राहुल सिपलीगञ्ज र काल भैरवले स्वर दिएका छन् । फिल्ममा जुनियर एनटीआर र रामचरण मुख्य भूमिकामा थिए। यो गीत पनि उनीहरु दुबैमाथि छायाँकन गरिएको छ ।

Advertisement 2


आरआरआर उत्कृष्ट गैर–अङ्ग्रेजी चलचित्र विधामा पनि मनोनीत भएको छ । गोल्डेन ग्लोब जितेको गीत ‘ओरिजिनल सङ’ विधामा प्रतिष्ठित एकेडेमी अवार्डका लागि पनि प्रतिस्पर्धामा छ । सर्टलिस्ट गरिएका गीतहरूको सूची हालै सार्वजनिक भएको छ ।

सम्बन्धित समाचार