Advertisement 1
काठमाण्डौ –
लक्ष्मी बैंक लिमिटेड र जानेसनराइज बैंक लिमिटेडले मर्जरमा जानेको लागि प्रारम्भिक सहामति गरेका छन्। दुई बैंकको सञ्चालक समितिहरूको बैठकको निर्णयानुसार गाभ्ने–गाभिने (मर्जर) कार्यका लागि पौष २५ गते दुवै संस्थाका अध्यक्षले प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
Advertisement 2
दुवै संस्थाका सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विशेषज्ञलाई तत्काल नियुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त मर्जर समितिमा विस्तृत छलफल गरी समितिले सिफारिस गरेको प्रतिसेयर मूल्यलाई दुवै पक्षको सञ्चालक समितिले स्वीकृत गरी साधारणसभाबाट स्वीकृति भएबमोजिमको सेयर अनुपात कायम हुने सहमति भएको छ।
सनराइज बैंक लिमिटेडको चुक्ता पुँजी करिब रु. १० अर्ब १२ करोड रहेको छ भने लक्ष्मी बैंकको चुक्ता पुँजी करिब रु. ११ अर्ब ५५ करोड रहेको छ।





प्रतिक्रिया दिनुहोस्