दाङ –
Advertisement 1
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरीले बुधबार दाबी पेस गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम गिरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
उनलाई एमाले, माओवादी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बहुमत सांसदको समर्थन प्राप्त भएको छ । प्रदेश प्रमुख शेरचनले आजै गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् ।
Advertisement 2
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार बनाउन कम्तीमा ४४ सांसद आवश्यक पर्छ । सभामा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका चार–चार तथा जसपा र जनमतका तीन–तीन सांसद छन् । कांग्रेसका २७, लोसपाका तीन, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक तथा दुई स्वतन्त्र सांसद छन् ।





प्रतिक्रिया दिनुहोस्