एजेन्सी –
Advertisement 1
बेलायती राजकुमार ह्यारीको आत्मकथा ‘स्पेयर’ले बिक्री रेकर्ड तोडेको छ । जनवरी १०मा रिलिज भएको उक्त पुस्तक बेलायतमा सबैभन्दा छिटो बिक्री हुने नन–फिक्सन पुस्तक बनेको हो ।
रिलिजको पहिलो दिनमा ४ लाख प्रति बिक्री भएको सो पुस्तक प्रिन्टेड बुकका साथै इ–बुक र अडियो बुक पनि समावेश रहेको छ ।
Advertisement 2
स्पेयरको मूल्य करिब ४५ सय रुपैयाँ भएता पनि पुस्तक पसलमा आधा मूल्यमा बिक्री भइरहेकोले पनि पुस्तक बढी बिक्री भएको अनुमान लगाइएको छ ।
यस पुस्तकमा बेलायती शाही परिवारका रहस्य र विवादहरू उल्लेख गरिएका छन् । राजकुमार ह्यारी इङ्गल्याण्डका राजा चार्ल्सका कान्छा छोरा हुन् । उनले २०२० मा आफ्नी पत्नी मेगनसँग शाही परिवार छोडेका थिए । अब उनले आफ्नो आत्मकथामा बाल्यकालदेखि राजपरिवार छोडेसम्मका घटनाक्रमको विस्तृत विवरण दिएका छन् ।





प्रतिक्रिया दिनुहोस्