२०८२ मंसिर २२, आईतवार १४:३६ गते
नेपाली समय

खजुरा सहकारीको नाफा २२ लाख बढी

२०७९ पुष २७ गते, बुधबार समय: १८:२१ मिनेट

बाँके –

Advertisement 1


बाँकेको खजुरामा रहेको सहकारी संस्था लिमिटेडको २९औं बार्षिक साधारण सभा सम्पन्न गरेको भएको छ । बाँकेमा सफल सहकारीको रुपमा आफ्नो पहिचान बनाएको सहकारी संस्थाले बुधबार आफ्नो बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।


सस्थाका अध्यक्ष निर्मल खनालको अध्यक्षतामा भएको साधारण सभामा हालसम्म सहकारीले गरेको क्रियापलाप, प्रगतीका बारेमा चर्चा गरियो । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सहकारीको मूल भावनालाई आत्मसाथ गर्दै आफ्ना सखस्य तथा समुदायको विस्वास जित्न सफल बनेको अध्यक्ष खनालले बताए ।

Advertisement 2


अध्यक्ष खनालले प्रस्तुत गरेको प्रतिवेदनमा सहकारीले रसायनिक मल खाद्य खरिद बिक्री, बीउविजन खरिद बिक्री, धानको बीउ उत्पादन, दैनिक उपभोग्य वस्तुको खरिद बिक्री, बचत तथा ऋणको कारोबार गर्दै आएको उल्लेख गरे । उनले गत आर्थिक वर्ष २०७८/०७९ सालमा ६ करोड ४० लाख ८७ हजार २ सय ३५ को कारोबार गरी शुद्ध मुनाफा २२ लाख ९४ हजार ९ सय २६ रुपैयाँ गर्न सफल भएको बताए ।


आगामि आर्थिक वर्ष २०८०/०८१ म ७ करोड ९३ लाख २७ हजार ५ सय ७० बराबरको कारोबार गरी २३ लाख ७५ हजार ५ सय ७७ रुपैयाँ नाफा आर्जन गर्ने लक्ष्यसहितको कार्यक्रम साधारण सभामा अध्यक्ष खनालले प्रस्तुत गरेका थिए । बाँके जिल्लामै पुरानो सहकारीका रुपमा रहेको सहकारी संस्थाका भौतिक सम्पतिहरुमा आफ्नै कार्यालय तथा गोदाम भवन, १ टन क्षमताको धान प्रशोधन मिल, बीउ ग्रेडिङ मेसिन, जग्गाहरु बागेश्वरीमा ३१९५ बर्ग मि., सप्तरी जिल्लामा ९ कठ्ठा १६ धुर, महोत्तरी जिल्लामा १ कठ्ठा १८ धुर जग्गा आदि सम्पतिका रुपमा रहेको अध्यक्ष खनालले साभारण सभामा जानकारी गराए ।

Advertisement 3


सहकारीमा ५ सय ९९ सदस्य रहेका छन् । जसमा ४ सय ५ पुरुष र १ सय ९४ महिला छन् । सहकारीको कूल शेयर पुँजी ३० लाख ६३ हजार १ सय रहेको सहकारीका व्यवस्थापक रामप्रसाद शर्माले जानकारी दिए । संस्थाले सिप विकास तथा आयमुलक तालिम सन्चालन गर्ने, आर्थिक अवस्थाको सुधार सगैं वृद्ध सदस्यको सुविधा वृद्धि गर्दै जाने कृषि उत्पादनको बजारीकरण गर्ने, रसायनिक मल खाद्य, उन्नत बीउविजन उपभोग्य वस्तुको कारोबार विस्तार गर्ने आगामि लक्ष्य लिएको सहकारीका व्यवस्थापक शर्माले जनाए ।


सभामा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्ल, खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष किस्मत कुमार कक्षपति, वडा नम्बर ३ का वडाध्यक्ष पूर्ण बहादुर भण्डारी, वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर रोकाक्षेत्री, वडा नम्बर ५ का वडाध्यक्ष गरिवे शेष, कार्यपालिका सदस्यहरु, सहकारीमा पूर्वअध्यक्षहरु, संचालक समितिका पदाधिकारी, सेयर सदस्यलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार