२०८२ कार्तिक २८, बिहीबार ११:२५ गते
नेपाली समय

राखीले गरिन विवाह

२०७९ पुष २८ गते, बिहीबार समय: १५:५७ मिनेट

एजेन्सी –

Advertisement 1


‘बिग बोस’ फेम्ड बलिउड सेलिब्रिटी राखी सावन्तले प्रेमी आदिल खानी दुर्रानीसँग कानुनी विवाह गरेकी छन् । यी दुई जना लामो समयदेखि रिलेसनसिपमा रहेको र बेलाबेलामा एकसाथ सार्वजनिक कार्यक्रममा पनि देखिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राखीले आफ्नो इन्स्टाग्राम ह्याण्डलमार्फत सार्वजनिक गरेका विवाहका तस्वीर अहिले भाइरल बनिरहेका छन् । तस्वीरमा राखी र आदिलले माला लगाएका थिए र विवाहको प्रमाणपत्र लिएर फोटो खिचिरहेको देख्न सकिन्छ । तस्वीरको लागि पोज दिंदा दुवै जना मुस्कुराइरहेका छन् । राखीले सुट लगाएको देखिन्छ भने आदिलले कालो सर्ट र पाइन्ट लगाएका थिए ।

Advertisement 2

राखी सावन्तले पूर्व पति रितेशसँग सम्बन्धविच्छेद गरेपछि दुर्रानीसँग डेट गर्न थालेकी हुन् । त्यसक्रममा राखीले मैसूरका व्यापारी आदिललाई आफ्नो प्रेमीका रूपमा मिडिया र आफ्ना फ्यानसँग परिचय गराउन थालेकी थिइन् । राखीकी आमा ब्रेन ट्युमरबाट पीडित भएकाले उनी कठिन समयबाट गुज्रिरहेकी छन् । आमाको शीघ्र स्वास्थ्यलाभको लागि फ्यानबाट प्रार्थना गर्दै भिडियो पोस्ट गरेकी छन् ।

सम्बन्धित समाचार