२०८२ मंसिर २२, आईतवार ०१:०७ गते
नेपाली समय

छात्राका लागि सेनेटरी प्याडा मेसिन हस्तान्तरण

२०७९ पुष २८ गते, बिहीबार समय: १६:३२ मिनेट

बाँके –

Advertisement 1


लायन्स क्लब अफ नेपालगन्ज युनिटीले नेपालगन्ज उप–महानगरपालिका – २०, थपुवामा रहेको श्री जय जनता माविलाई सेनेटरी प्याड ब्यान्डिंग मेसिन निःशुल्क हस्तान्तण गरेपछि सो विद्यालयमा अध्ययनरत छात्रा विद्यार्थीलाई धेरै राहत पुगेको छ । आफूहरु महिनावारी भएको समयमा शिक्षक÷शिक्षिकासँग प्याड माग्नुपर्ने बाध्यता उनीहरुबाट हटेको छ ।


सो विद्यालयको ९ कक्षामा अध्ययनरत छात्रा सुस्मिता रावल नेपालगन्ज युनिटीले विद्यालयलाई प्याड ब्यान्डिंग मेसिन दिएपश्चात आफूहरुले राहत महसुर गरेको बताउँछिन् । ‘कहिले काँही हामीलाई मेडमहरुसँग पनि प्याड माग्दा अप्ठ्यारो महसुस हुन्थ्यो । अब जतिबेला पनि आफूलाई चाहिएको प्याड सहजरुपमा पाइने भएको छ,’ उनले भनिन् । रावतले आफू जस्तै विद्यालयमा अध्ययन गर्ने ४ सय बढी छात्रा विद्यार्थीलाई उक्त मेसिन लाभदायी बनेको बताइन् ।

Advertisement 2


नेपालगन्ज युनिटीले लायन्स क्लबका संस्थापक मेल्बिन जोन्सको १४४औं जन्मोत्सवको अवसरमा आयोजना गरेको सप्ताहव्यापि कार्यक्रमअन्तर्गत जय जनतालाई सेनेटरी प्याड बेन्डिंग मेसिन हस्तान्तरण गरेको नेपालगन्ज युनिटीका अध्यक्ष विन्दु चर्तीमगरले बताइन् । चर्तीमगरका अनुसार निःशुल्क हस्तारन्तरण गरिएको प्याड मेसिनमा एकपटकमा एक सय प्याड सुरक्षित राख्न सकिन्छ ।


उनी भन्छिन्, ‘विशेषगरी कक्षा ५ देखि माथि कक्षामा अध्ययन गर्ने छात्राहरुलाई सहयोग भनेर सेनेटरी प्याड मेसिन वितरण गरेका हौं । मेसिनमा प्याड सुरक्षित राखिएको हुन्छ । कसैलाई आवश्यक परेको अवस्थामा सहजै निकाल्न मिल्छ ।’ नेपालगन्ज युनिटीले प्रदान गरेको सो मेसिनमा ‘क्वाइन’ राखिएको हुन्छ । उक्त ‘क्वाइन’लाई मसिनमा हाल्यो भने प्याड बाहिर निस्कने उनले बताइन् ।

Advertisement 3


नेपागन्ज युनिटीका उपाध्यक्ष रुपा ओझा (सानु) अन्य विद्यालयलाई सेनेटरी प्याड मेसिन आवश्यक परेको अवस्था आफूहरुले सो व्यवस्था गर्न पहल गर्ने बताइन् ।

सम्बन्धित समाचार