२०८३ बैशाख ३, बिहीबार १८:०९ गते
नेपाली समय

नेपालगन्जका सबै वडामा अनलाइन सिफारिस लागू

२०७९ पुष २८ गते, बिहीबार समय: १६:५९ मिनेट

बाँके –

Advertisement 1


नेपालगन्ज उप–महानगरपालिकामा रहेका २३ वटै वडाबाट अनलाइन सिफारिस प्रणाली लागू भएको नेपालगन्जका प्रमुख प्रशान्त विष्टले बताएका छन् । अनलाइन सिफारिस प्रणाली एपमार्फत् सेवाग्राहीले आफैं आवश्यक कागजपत्र अपलोड गरेर सिफारिसका लागि अनलाइन आवेदन पनि दिन उनले बताए ।


बिहीबार नेपालगन्जले आयोजना गरेको अनलाइन सिफरिस प्रणाली अभिमुखिकरण तालिममा बोल्दै उनले भन, ‘सेवाग्राहीले आफूले संलग्न गरेका कागजपत्र र प्रक्रिया पुगे नपुगेको जानकारी पनि एपमार्फत नै लिएर काम सम्पन्न भएको नभएको अवस्था एकिनसमेत गर्न सक्नेछन् । त्यसपछि मात्रवडा कार्यालयमा पुगेर सिफारिस लिन सकिनेछ ।’ उनले सेवा लिन वडामा पुग्ने सेवाग्राहीलाई पनि वडा कार्यालयले अनलाइन सिफारिस वेबमार्फत अनलाइन सिफारिस प्रणालीबाट छिटोछरितो सेवा प्रवाह गर्ने बताए ।

Advertisement 2


प्रमुख विष्टले अनलाइन सिफारिस प्रणाली लागू भएसँगै नेपालगन्ज उप–महानगरपालिका डिजिटलाइजेसनको नयाँ युगमा प्रवेश गरेको बताए । उनले उप–महानगरपालिकालाई प्रविधिमैत्री बनाउने अभियानमा आफूहरु लागेको बताउँदै अनलाइन सिफारिस प्रणालीको सुरुवातले प्रविधिमैत्री सेवा प्रवाहमा नयाँ फड्को मारेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै नेपालगन्ज प्रमुख प्रशान्त विष्ट .

कार्यक्रममा उपप्रमुख कमरुद्दीन राईले अनलाइन सिफारिस प्रणालीको सुरुवातले सेवाग्राहीलाई छिटोछरितो सेवा प्रवाहसँगै समयको पनि बचत हुने बताए ।


प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले सबै वडाको सिफारिसमा एकरुपता आउने बताउँदै डिजिटलाइज सेवा प्रवाहले सहजता थप्ने उल्लेख गरे ।

Advertisement 3


अभिमुखीकरण तालिममा अनलाइन सिफारिस प्रणाली के हो, यो प्रणाली चलाउने तरिका, यसका फाइदा र आउने जटिलताहरु कसरी सम्बोधन गर्नेलगायतका विषयमा नेपालगन्ज उप–महानगरपालिकाका सूचना प्रविधि अधिकृत घनश्याम बर्मा, राजापुर नगरपालिकाका सूचना प्रविधि अधिकृत खुसीराम थारु, जिआइजेडका नारायण सुवेदी र अजिता पोख्रेलले प्रशिक्षण दिए ।


अभिमुखीकरण कार्यक्रममा २३ वटै वडाका वडा अध्यक्ष तथा वडा सचिवहरुको सहभागिता थियो । जिआइजेडको आर्थिक सहयोगमा अनलाइन सिफारिस प्रणाली विकास गरिएको हो ।

सम्बन्धित समाचार