२०८२ मंसिर २२, आईतवार २१:१२ गते
नेपाली समय

अन्तरजातीय विवाह गर्नेलाई १ लाख रुपैयाँ

२०७९ पुष ३० गते, शनिबार समय: ११:०७ मिनेट


काठमाण्डौ –

Advertisement 1

मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गर्ने जाेडीलाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ दिने भएको छ । नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातीयविभेद विरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरूले अन्तरजातीय विवाह गरेमा उनीहरूलाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराउने भएको हो ।

दलित छुवाछूत अन्त्य र उनीहरूको हक अधिकारका लागि दलित नीति नियमावली २०७९ सभाबाट बहुमतले पास भएकाले त्यसैअनुरूप काम गरिने नगरका मेयर विष्णुकुमार भामले बताए।

Advertisement 2


पालिकाभित्रका १ देखि १४ वडा सम्मका एक हजार तीन सय दलित घरधुरी रहेको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार