काठमाडौं –
Advertisement 1
बाँकेकी निर्मला कुर्मी बेपत्ता भएको घटनाको छानबिनको माग गर्दै माइतीघरमा धर्ना दिएका रुवी खानलगायत बाँकेका अधिकारकर्मीसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भेटेका छन् । उनीहरुले बेपत्ता कुर्मी घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै माइती घरमा धर्ना दिई रहेका थिए ।
उनीहरुले निर्मला कुर्मीको बेपत्ता भएको घटनामा कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मी दोषी रहेको आरोप लगाउँदै आएका छन् । सो विषयमाथि अनुसन्धान गर्नुपर्ने माग उनीहरुको छ ।
Advertisement 2
सो अभिकारकर्मीसँगको भेटमा लामिछानेले सरकार पीडितलाई न्याय दिन प्रतिबद्ध रहेको बताउँदै धर्ना छाड्न आग्रह गरेका छन् । उनले सो विषयमा पेरि सीआइबीको टोलीलाई अनुसन्धान गर्न लगाइने भन्दै लामिछानेले धर्नामा बसेर मात्रै समास्या समाधान नहुने बताए ।
नेपालगन्जबाट पैदल हिँडेरै आएर अभियन्ता खान निर्मला कुर्मी हत्या प्रकरण र शारीरिक बन्धक बनाई बेपत्ता पारिएकी नन्कुन्नी धोवीको मुद्दाको प्रभावकारी अनुसन्धानको माग गर्दै धर्नारत रहेकी हुन् ।
Advertisement 3
यसअघि पनि असोज १ गते रुवि खानसहित १५ जनाको टोलीले नेपालगन्जदेखि काठमाडौैंसम्मको ५ सय किलोमिटरको दूरी २० दिनको पैदल यात्रा गरी न्याय माग्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । त्यसपछि उनीहरुले माइतीघरमा धर्ना दिँदै आएका छन् ।
तस्बिर : रातोपाटी






प्रतिक्रिया दिनुहोस्