२०८२ फाल्गुन ३०, शनिबार ०६:०६ गते
नेपाली समय

वैशाख १ गते रिलिज हुने ‘प्रसाद २’को छायांकन ३१ दिन सम्पन्न

२०७९ पुष ३० गते, शनिबार समय: १६:३३ मिनेट

काठमाडौं –

Advertisement 1


वैशाख १ गते प्रदर्शन मिति तय गरिएको यो वर्षकै प्रतिक्षित चलचित्र ‘प्रसाद २’को छायांकन सकिएको छ । सुदर्शन थापाको निर्देशनमा तयार भएको ‘प्रसाद २’को छायांकन ३१ दिनमा सकिएको हो ।


चलचित्रमा मुख्य भूमिकामा रहका विपिन कार्की र केकी अधिकारीको साथमा अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतले भूमिका निभाएका छन् । चलचित्रलाई कास्कीको माछापुछ्रे गाउँपालिकामा खिचिएको हो ।

Advertisement 2


एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सुदर्शन बस्नेतको लगानी छ । चलचित्रका कार्यकारी निर्माता सुवास थापा हुन् । चलचित्रमा राजेश श्रेष्ठको छायांकन, राजनराज सिवाकोटीको संगीत छ । उत्तम न्यौपानेको ध्वनी रहेको चलचित्रको कथा रंग पत्रकार सुशिल पौडेलले लेखेका हुन् ।

सम्बन्धित समाचार