बाँके –
Advertisement 1
बाँकेको खजुरा गाउँपालिका–३, खजुरामा निर्माणाधीन सभागृहको जिम्मा खजुरा प्रज्ञा प्रतिष्ठानलाई दिइने पालिका अध्यक्ष डम्बरबहादुर विकले बताएका छन् । शनिबार खजुरा प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको काव्य विमर्ष तथा रचना वाचन कार्यक्रममा अध्यक्ष विकले सभागृह निर्माण सम्पन्नपश्चात कार्यक्रम गर्न र सभागृहको रेखदेखको जिम्मा प्रज्ञा प्रतिष्ठानलाई दिइने बताएका हुन् ।
‘खजुराको सभागृह निर्माणको काम अन्तिम चरणमा रहेको छ । त्यो सम्पन्न भएपछि प्रतिष्ठानले आफ्नो कार्यक्रम, त्यहा संचालन गर्नेगरी जिम्मा दिने योजना बनाएका छौं,’ विकले भने ।
खजुरा प्रज्ञा प्रतिष्ठानका कुलपतिसमेत रहेका अध्यक्ष विकले खजुरालाई साहित्य हब बनाउन खजुरा प्रज्ञा प्रतिष्ठानको स्थापना गरेको बताए । साथै उनले कला विज्ञानसँग जोडिएको बताउँदै भौतिक वस्तुलाई हराबरा गराउन कला आश्यक हुने बताए ।
Advertisement 2
त्यस्तै कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.इन्द्रबहादुर भण्डारी, सहउपकुलपति तथा पालिका उपाध्यक्ष मञ्जु मल्ल, सहित्यकार नरेन्द्र पिटरलगायत बाँके तथा बर्दियाका साहित्यकारको उपस्थिति रहेको थियो ।
कार्यक्रममा दर्जन बढी साहित्यकारले काव्य तथा कविका विषयमा विचार विमर्श गर्नुका साथै रचना वाचन गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्