काठमाडौं –
Advertisement 1
इटहरीमा जारी प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी क्लबले विजयी सुरुवात गरेको छ । लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई शनिबार ९८ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी यात्रा सुरु गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरको समाप्तिमा सात विकेट गुमाएर १ सय ४७ रनको योगफल बनाएको थियो । पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३३ रन जोड्दा सरस्वती पुनले अविजित ३०, आस्मा पुलामी मगरले १४ र रञ्जु श्रेष्ठले १० रन बनाए ।
Advertisement 2
यस्तै कप्तान सरस्वती जिएमले ४ तथा सुस्मिता बजगाई शून्यमा पवेलियन फर्किएका थिए ।
लुम्बिनीले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएउँदै जवाफी ब्याटिंगमा उत्रिएकको कर्णालीले १८.१ ओभरमा सबै विकेट गुमाएर ४९ रनमात्र जोड्न सक्यो । जवाफी ब्याटिङ गरेको कर्णालीका लागि यमुना थारुले १३ र किरण कुँवरले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।





प्रतिक्रिया दिनुहोस्