२०८२ मंसिर २२, आईतवार १४:३६ गते
नेपाली समय

नारायणी नदीमा पानीजहाज चल्यो

२०७९ माघ १ गते, आईतवार समय: १२:४५ मिनेट


काठमाडौं –

Advertisement 1

परिक्षणको करिब २ वर्षपछि नारायणी नदीमा आजदेखि पानीजहाज सञ्चालनमा आएको छ । सञ्चालनको तयारीमा रहे पनि विभिन्न कारणले चल्न नसकेको क्रुज सीप (पानीजहाज) माघ १ गरे आइतबारदेखि नारायणी नदीमा चल्ने राइनो वाटर इन्टरटेनेमेन्ट प्रालिले विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो ।

आइतबार दिउँसो १ बजे विशेष क्रुजिङको समय रहेका छ । तीन तलाको क्रुज सीपमा १ सय ८० जना अट्ने छन्। यसको कुल क्षमता भने २०० रहेको जनाइएको छ।

Advertisement 2

यसमा यात्रा गर्ने सबै यात्रुहरूको १० लाख रुपैयाँ बराबरको बिमा गरिएको छ। क्रुज सीपको टिकट दर सात सय रहेको छ। ब्रेकफास्ट क्रुजिङको एक हजार पाँच सय, लन्च क्रुजिङ दुई हजार, डिनर क्रुजिङ दुई हजार पाँच सय रहेको छ।

भरतपुर महानगरपालिका– १६ मङ्गलपुर काभ्रे घाटबाट देवघाटसम्म सञ्चालनमा आउने भने पनि अहिले पानीको सतह कम भएकाले तत्काल छोटो दुरीमा सञ्चालनमा आउने जनाएको छ।

Advertisement 3

नदीले पानीको धार परिवर्तन गरेकाले छोटो दुरीमा मात्र सञ्चालनमा आउने भएको हो। नारायणगढको पुलचोकबाट करिब ९ किलोमिटर दक्षिणमा रहेको काभ्रे घाटमा सिपको स्टेसन रहेको छ।

सम्बन्धित समाचार