२०८२ मंसिर २२, आईतवार १३:१३ गते
नेपाली समय

आँधीमा परी मृत्यु हुनेको संख्या २७ पुग्यो

२०७९ माघ १ गते, आईतवार समय: १७:२६ मिनेट

एजेन्सी –

Advertisement 1


फिलिपिन्समा आएको आँधीमा परी मृत्यु हुनेको संख्या २७ पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यामहरुले जनाएका छन् ।

फिलिपिनस रक्षा कार्यालयले पनि आइतबार प्रतिवेदन जारी गर्दै २०२३ को सुरुदेखि आएका तीनवटा आँधीका कारण देशभर २७ जनाको ज्यान गएको जनाएको छ । एघार जना घाइते भएका र तीन जना बेपत्ताको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Advertisement 2


मौसमविद्हरूले विपद्को जोखिममा रहेको देशमा लगातार भारी वर्षा हुने चेतावनी पनि दिएका छन् । भारी वर्षा र बाढीले क्रिसमस सप्ताहन्तदेखि देशको दक्षिणी र मध्य टापुहरूलाई त्रसित बनाएको र हजारौंलाई आफ्नो घर छोड्न बाध्य पारेको छ ।


८३ हजार भन्दा बढी मानिस विस्थापित केन्द्रहरूमा आश्रय लिएर बसेका र बाढी र भारी वर्षाका कारण १ हजार २ सयभन्दा बढी घरमा क्षति पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

Advertisement 3


फिलिपिन्स जलवायु परिवर्तनका प्रभावहरूका लागि सबैभन्दा जोखिममा परेका राष्ट्रहरु मध्ये परेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । आँधीहरू अझ शक्तिशाली बन्दै गएका छन् ।

सम्बन्धित समाचार