२०८२ माघ ८, बुधबार ०३:११ गते
नेपाली समय

पोखरामा जहाज दुर्घटना: अझै ४ जना फेला परेनन्

२०७९ माघ २ गते, सोमबार समय: ०७:४९ मिनेट

काठमाडौं –

Advertisement 1


पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनामा परेका ४ जना अझै फेला परेका छैनन् । आइतबार साँझसम्म खोजी गरे पनि उनीहरू फेला नपरेका हुन् । रातको समयमा उद्धार कार्यमा कठिनाइ भएपछि गए राति भने खोजी गरिएन ।


आज बिहानैदेखि उनीहरूको खोजी भइरहेको छ। उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा १५ जनाको गोताखोर टोली पनि परिचालन गरिएको छ।
पहिचान भएका पोखरा तथा आसपासका क्षेत्रका व्यक्तिका शव भने सोमबार पोखराबाटै परिवार तथा आफन्तको जिम्मा लगाइने भएको छ।

Advertisement 2


चालक दलका ४ जना सदस्यसहित यति एयरलाइन्सको जहाजमा ७२ जना थिए ।

सम्बन्धित समाचार