दाङ –
Advertisement 1
दाङ जिल्लाको घोराही उप–महानगरपालिका –१६, बेसाइमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना युवकको मृत्यु भएको छ । आज सोमबार सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा५प ९५१४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएको उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१६ लेटार बस्ने २१ वर्षीय सुशील चौधरी र सोही ठाउँका १८ वर्षीय विवेक चौधरी रहेका छन् ।उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठा घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।
Advertisement 2
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुवै जनाको शव राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।





प्रतिक्रिया दिनुहोस्