काठमाडौं –
Advertisement 1
हरेक १५–१५ दिनमा नेपालमा मूल्यसुचि पठाउने भारतीय आयल कर्पोरेसन (आईओसी)ले योपटक नेपाल आयल निगमलाई पेट्रोलको मूल्य बढाएर र डिजेलको मूल्य बटाएर पठाएको छ ।
नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमका आपूर्ति तथा वितरण विभागले जनाएको छ । त्यस्तै डिजेल भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ ।
Advertisement 2
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशनअनुरुप आयल निगमले पुस २४ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३÷३ रुपैयाँ तथा हवाई इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाएको थियो ।
निगमले आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम करिब ११ अर्ब रुपैयाँ छ भने सरकारलाई करिब ७ अर्ब रुपैयाँ ऋण तिर्नुपर्ने दायित्व छ ।





प्रतिक्रिया दिनुहोस्