२०८२ मंसिर २२, आईतवार ००:२५ गते
नेपाली समय

लुम्बिनीलाई हराउँदै प्रदेश १ को लगातार दोस्रो जित

२०७९ माघ २ गते, सोमबार समय: १६:३७ मिनेट

काठमाडौं –

Advertisement 1


इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई हराउँदै प्रदेश १ ले लगातार दोस्रो जित निकालेको छ । जनता क्रिकेट पार्क क्रिकेट मैदानमा सोमबार भएको खेलमा प्रदेश १ ले लुम्बिनीलाई ९ रन हराएको हो ।


९ ओभरमा खेलाइएको खेलमा प्रदेश–१ ले लुम्बिनीलाई ६० रनको लक्ष्य दिएको थियो । लुम्बिनीले पुरै ९ ओभर खेल्दा ७ विकेट गुमाएर ५० रनमात्र बनायो ।

Advertisement 2


लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३१ रन जोडिन । लुम्बिनीका अन्य ब्याट्सउमनले दोहोरो अंकको रन जोड्न सकेनन् ।


प्रदेश–१ का लागि संगीता राईले ३ विकेट लिइन् । सबनम राई,ज्योति दनुवार र रुबिना क्षेत्रीले एक एक विकेट लिईन्

Advertisement 3


त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश–१ ले ९ ओभरमा ४ विकेट गुमाएर ५९ रन जोडेको थियो । प्रदेश–१ का काजल श्रेष्ठले २१ रन जोड्दा कप्तान रुबिना क्षेत्रीले १७ रन जोडिन । अप्सरी बेगमले १२ रन जोडिन ।


यस जितसँगै प्रदेश–१ ले २ खेलमा ४ अंक जोडेको छ । प्रदेश–१ समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ । लुम्बिनीको यो पहिलो हार हो । लुम्बिनीले २ खेलमा २ अंक जोडेको छ । प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ ।


प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०–२० हजार पाउनेछन् ।

सम्बन्धित समाचार