बुटवल –
Advertisement 1
नवलपरासीमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । नवलपरासीको सुनवल नगरपालिका भूमहीमा उक्त सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु र पाँच जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नलवपरासीका अनुसार परासी–भूमही सडकखण्डअन्तर्गत सुनवल–१२ भूमहीमा लु २ ख १२२६ नं. को बस र बागमती प्रदेश ०१–०२५ च ३८९७ नं. को कार एकापसमा ठोक्किँदा कार चालक अर्घाखाँची स्थायी घर भई हाल कपिलवस्तुको वाणगंगा नगरपालिका–८ मधुवन बस्ने ३६ वर्षीय इन्द्रमणि पौडेलको मृत्यु भएको छ ।
Advertisement 2
दुर्घटनामा घाइते भएकाहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्