काठमाडौं –
Advertisement 1
पोखरा जहाज दुर्घटना अझै पनि ३ जना फेला परेनन भने सोमबारको खोजी तथा उद्धारको काम मंगलबार बिहानका लागि स्थगित भएको छ । सोमबार साँझसम्म ६९ जनाको शव फेला परेको छ। ती शवलाई गण्डकी अस्पतालमा राखिएको छ। अन्य तीन जनाको भने शव फेला पर्न सकेको छैन।
केही शरीरका भागहरू फेला परेपनि एउटै व्यक्तिका हुन् वा फरक व्यक्तिका हुन् भन्ने नखुलेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
Advertisement 2
आइतबार बिहान साढे १० बजे काठमाडौंबाट उडेको जहाज पोखरामा करिब ११ बजे दुर्घटनामा परेको थियो ।
पोखरा महानगरपालिका(१५ स्थित सेतीको खोँचमा जहाज दुर्घटनामा परेको हो । जहाजमा चार चालक दलसहित ७२ जना सवार थिए । फेला परेका शवको पनि सनाखत गर्ने काम भइरहेको छ।
Advertisement 3
यस्तै विदेशी नागरिक, काठमाडौंमा बुझ्ने, पहिचान नखुलेको र चालक दलको शव काठमाडौं ल्याउने तयारी छ।









प्रतिक्रिया दिनुहोस्