बाँके –
Advertisement 1
सोमबार भएका ४ छुट्टाछुट्टै दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएका छन् । जसमध्ये दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको ज्यान गएको छ ।
दाङ जिल्लाको घोराही उप–महानगरपालिका –१६, बेसाइमा सोमबार सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा५प ९५१४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएको दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१६ लेटार बस्ने २१ वर्षीय सुशील चौधरी र सोही ठाउँका १८ वर्षीय विवेक चौधरी रहेका छन् । उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठा घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।
Advertisement 2
त्यस्तै जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । मृत्यु हुनेमा पातारासी गाउँपालिका १ माथा चौरकी ४२ वर्षकी छोर्तेन लामाको घटनास्थलमा मृत्यु भएको हो । अन्य १४ जना घाइते रहेका छन् ।
सोमबार अपराह्न ४ बजेको समयमा पातरासी गाउँपालिका–६ मा ग १ ज ४०३५ नम्बरको जीप कोटा भिर भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
Advertisement 3

प्रहरी पुग्नुभन्दा अगाडि नै स्थानीयले उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यकाल जुम्लाले जनाएको छ । जीप ब्याक गर्ने बेला सडकबाट ५० मिटर तल तिला नदीमा खसेको थियो ।
साथै बेलुन भर्ने हाइड्रोजन ग्यास पड्किँदा कपिलवस्तुको बाणगङ्गामा एक जनाको मृत्यु भएको छ । भलवाडको कपिलधाममा संचालन भएको चौथो माघी खिचडी महोत्सवमा हाइड्रोजन ग्यास पड्किँदा बाणगंगा ८ शिसनियाका अन्दाजी ६५ वर्षीय नासिर मोदमद पाखियाको निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको ।
त्यसैगरी नवलपरासीमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । नवलपरासीको सुनवल नगरपालिका भूमहीमा उक्त सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु र पाँच जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नलवपरासीका अनुसार परासी–भूमही सडकखण्डअन्तर्गत सुनवल–१२ भूमहीमा लु २ ख १२२६ नं. को बस र बागमती प्रदेश ०१–०२५ च ३८९७ नं. को कार एकापसमा ठोक्किँदा कार चालक अर्घाखाँची स्थायी घर भई हाल कपिलवस्तुको वाणगंगा नगरपालिका–८ मधुवन बस्ने ३६ वर्षीय इन्द्रमणि पौडेलको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्